विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा, स्विट्जरल्यान्ड र अर्जेन्टिना क्वार्टरफाइनलमा
काठमाण्डु – स्विट्जरल्यान्ड र अर्जेन्टिना विश्वकप फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ । क्यानडाको बीसी प्लेस स्टेडियममा बुधबार बिहान सम्पन्न अन्तिम प्रि–क्वार्टरफाइनल खेलमा कोलम्बियालाई पेनाल्टी शुटआउटमा ४–३ ले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा पुगेको हो । खेलको निर्धारित समय र अतिरिक्त ३० मिनेटसम्म पनि दुवै टोलीले गोल गर्न नसकेपछि विजेताको टुङ्गो पेनाल्टी शुटआउटबाट भएको हो ।
