हर्मुज आक्रमणले फेरि चर्कियो मध्यपूर्व तनाव
दुबई । स्ट्रेट अफ हर्मुजमा तीनवटा व्यापारिक जहाजमाथि भएको आक्रमणपछि संयुक्त राज्य अमेरिकाले बुधबार बिहान इरानका सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ । यससँगै इरानले बहराइन र कुवेतलाई लक्षित गरी मिसाइल प्रहार गरेको देखिएको छ । पछिल्लो घटनाक्रमले युद्धविरामतर्फ अघि बढिरहेको प्रयासलाई गम्भीर धक्का पु¥याउँदै मध्यपूर्वलाई पुनः व्यापक द्वन्द्वतर्फ धकेल्ने जोखिम बढाएको छ ।
