SHARE
लोक पथ · मङगलबार २३ असार २०८३ ०६:१८ PM · 1 मिनेट पढाइ

उत्कृष्ट पुनरागमन गर्दै अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ । इजिप्टलाई ३–२ ले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको हो । २ गोलले पछि परेको अर्जेन्टिना उत्कृष्ट पुनरागमन गर्दै .क्वाटरफाइनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफको १५औँ मिनेटमा इजिप्टले अग्रता लिएको थियो ।