SHARE
लोक पथ · मङगलबार २३ असार २०८३ ०३:३१ PM · 1 मिनेट पढाइ

नक्कली भुटानी शरणार्थी प्रकरणका अधिकांश आरोपीमाथिको कसुर ठहर 

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाका प्रतिवादी बनाइएका अधिकांश आरोपी कसुर ठहर भएका छन् ।  नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको करोडौँको ठगी र संगठित अपराध प्रकरणमा काठमाडौं जिल्ला अदालतले अधिकांश आरोपीको कसुर ठहर गरेको हो ।