इनड्राइभ नेपालको ‘आफ्नै रोजाइको भाडा’ क्याम्पेन सुरु, यात्रुलाई भाडा तय गर्ने स्वतन्त्रता
काठमाडौं। विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा ‘आफ्नै रोजाइको भाडा, यहाँ मात्र’ भन्ने मूल सन्देशसहित नयाँ प्यासेन्जर ३६०ं क्याम्पेन सुरु गरेको छ। जुन २०२६ देखि सुरु भएको यो क्याम्पेन सेप्टेम्बरसम्म काठमाडौं केन्द्रित रहने छ । पारदर्शी भाडादर, यात्रुको छनोटको अधिकार र सहज शहरी आवागमनलाई प्रवर्द्धन गर्ने उद्देश्यले क्याम्पेन सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।
