काठमाडौं उपत्यकामा अझै बर्डफ्लुको जोखिम, चार जिल्ला निगरानीमा
काठमाडौं । पूर्वी नेपालको झापाबाट सुरु भएको बर्डफ्लु चितवन हुँदै काठमाडौं उपत्यकासम्म फैलिएको छ । अहिले धेरै जिल्लामा संक्रमण नियन्त्रणमा आए पनि काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा अझै जोखिम रहेकाले निगरानी जारी राखिएको छ । पशु सेवा विभागका निर्देशक डा.उमेश दाहालका अनुसार हाल सात जिल्लामा संक्रमण नियन्त्रणमा आइसकेको छ ।
