बाटोमा हिँडेकी युवतीलाई अश्लिल हर्कत गर्ने शिक्षा अधिकृतविरुद्ध ५ दिन म्याद थप
काठमाडौं । ललितपुरमा सार्वजनिक स्थानमा एक युवतीसँग अश्लील व्यवहार गरेको आरोपमा पक्राउ परेका शिक्षा अधिकृत सुरेन्द्र भट्टलाई थप अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले सार्वजनिक स्थानमा अश्लील व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान गर्न भट्टलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
