SHARE
लोक पथ · मङगलबार २३ असार २०८३ ०१:०९ PM · 1 मिनेट पढाइ

फोनपेले सार्वजनिक गर्‍यो ‘चेकआउट बाइ फोनपे’, पहिलो मर्चेन्टका रूपमा फास्टोमा सेवा सुरु

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक फोनपेले अनलाइन किनमेललाई अझ छिटो, सहज र सुरक्षित बनाउन ‘चेकआउट बाइ फोनपे’ नामक नयाँ भुक्तानी समाधान सार्वजनिक गरेको छ । यो सेवा पहिलो चरणमा फास्टोमार्फत उपलब्ध गराइएको कम्पनीले जनाएको छ । फोनपेका अनुसार नयाँ समाधानले ग्राहकलाई व्यापारीको वेबसाइट वा मोबाइल एपमै सिधै भुक्तानी गर्न मिल्ने सुविधा दिन्छ ।