SHARE
लोक पथ · मङगलबार २३ असार २०८३ १०:३२ AM · 1 मिनेट पढाइ

राष्ट्र बैंकको मौद्रिक नीति : लचिलो मौद्रिक नीतिलाई निरन्तरता, बैंक दर यथावत्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। यस नीतिले निजी क्षेत्रमा जाने कर्जा ११ प्रतिशतले बढाउने र मुद्रास्फीति ५.५ प्रतिशतभित्र कायम गर्ने लक्ष्य लिएको छ । गभर्नर विश्वनाथ पौडेलले मौद्रिक नीतिको अहिलेको लचिलो नीति आगामी वर्ष पनि निरन्तर रहने बताए ।