SHARE
पर्दाफास · मङगलबार २३ असार २०८३ १०:५० AM · 1 मिनेट पढाइ

पूर्वराजा ज्ञानेन्द्रले मनाए ८० औं जन्मदिन

पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहले आफ्नो परिवारसँग ८०औँ जन्मदिन मनाएका छन्। उनको जन्मदिनको अवसरमा समर्थक तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरेका छन् भने काठमाडौंको रत्नपार्क क्षेत्रमा शाही युवा शक्तिले र्‍यालीसमेत आयोजना गरेको छ। वि.सं. २००४ साल असार २३ गते जन्मिएका ज्ञानेन्द्र शाह नेपालको इतिहासमा राजतन्त्रका अन्तिम राजा हुन्।