विद्युत आपूर्ति सुधारमा सरकार गम्भीर, १२ प्रसारण लाइन र १,०४० मेगावाट थप्ने लक्ष्य
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देशका विभिन्न स्थानमा देखिएको अनियमित विद्युत आपूर्तिको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन् । मंगलबार राष्ट्रिय सभामा मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले दशकौँ पुराना तथा जीर्ण विद्युतीय संरचनाका कारण बढ्दो विद्युत मागअनुसार गुणस्तरीय सेवा दिन चुनौती भएको बताए ।
