उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन
काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन गरेको छ । प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिले मंगलवार औधोगिक क्षेत्रको स्थलगत अनुगमन गरेको हो । अनुगमनका क्रममा समितिले औधोगिक क्षेत्रभित्र रहेका विभिन्न उद्योगहरुको बारेमा जानकारी लिएको छ ।
