SHARE
पर्दाफास · मङगलबार २३ असार २०८३ ०९:५६ AM · 1 मिनेट पढाइ

फरेन्सिक रिपाेर्ट गाेप्य रहने कानून बनाउन महावीर पुनको प्रस्ताव

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलवार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकमाथिको छलफलमा बोल्दै मन्त्री पुनले यस्तो बताएका हुन् ।