स्वस्तिक लघुवित्तले गत आर्थिक वर्षको संस्थाको बजेट कार्यन्वयनको समिक्षा गरेको छ । संस्थाले आर्थिक वर्ष २०८१÷८२ को बजेट कार्यान्वयनको समिक्षा गरेको हो । यस अवसरमा बजेट तथा कार्यक्रम कार्यान्वयनमा भोगेको सकारात्मक तथा नकारात्मक विषय उपरमाथि समिक्षा गर्दै सेवालाई निरन्तरता कायम राखि उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई पुरस्कृत पनि गरिएको कम्पनीले जनाएको छ ।