SHARE
पर्दाफास · मङगलबार २३ असार २०८३ ०८:३४ AM · 1 मिनेट पढाइ

कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक ३ वर्षभित्र ‘डबल लेन’ बनाइने

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई लेन (डबल लेन) बनाउने घोषणा गरेका छन् । मङ्गलवार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।