निजी क्षेत्रमा ८.४ प्रतिशतले कर्जा प्रवाह बढ्यो, ६४.७ प्रतिशत ऋणको धितो ‘घर जग्गा’

गत आर्थिक वर्षमा निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा बढेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८१÷०८२ मा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशत (रु.४२३ अर्ब ७३ करोड) ले बढेको हो । अघिल्लो वर्ष यस्तो कर्जा ५.८ प्रतिशत (रु.२७६ अर्ब ९४ करोड) ले बढेको थियो ।