SHARE
लोक पथ · मङगलबार २३ असार २०८३ ०७:४१ AM · 1 मिनेट पढाइ

कर्णालीका सबै पालिका केन्द्र र सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई लेन (डबल लेन) मा स्तरोन्नति गर्ने घोषणा गरेका छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले कर्णालीका सडक तथा पुल निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।