अब लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिन पाउने, राष्ट्र बैंकले जारी गर्यो निर्देशन

नेपाल राष्ट्र बैंकले लघुवित्तले वितरण गर्न पाउने लाभांश सम्बन्धि व्यवस्था फेरबदल गरेको छ। नयाँ व्यवस्था अनुसार अब  लघुवित्त वित्तीय संस्थाहरुले लाभांश घोषणा÷वितरण गर्दा लाभांश वितरण पछिको पुँजीकोष अनुपात तथा पछिल्लो असार मसान्तको निष्कृय कर्जा अनुपातलाई आधार मानी गर्नु पर्ने छ। जस अनुसार लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिन पाउने छन्।