SHARE
लोक पथ · मङगलबार २३ असार २०८३ ०८:०४ AM · 1 मिनेट पढाइ

दृष्टिविहीन समुदायको आन्दोलन स्थगित, माग सम्बोधनका लागि अन्तरमन्त्रालय समन्वय गर्ने सहमति

काठमाडौं । विगत दुई सातादेखि माइतीघर मण्डलामा जारी दृष्टिविहीन समुदायको धर्ना कार्यक्रम सरकारसँग भएको वार्तापछि स्थगित भएको छ । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा आन्दोलनरत पक्षसँग भएको छलफलपछि दृष्टिविहीन समुदायले उठाएका मागहरू सम्बोधनका लागि आवश्यक पहल गर्ने सहमति भएको हो ।