यूएईले १११ जना नेपालीलाई दियो आममाफी
नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (युएई) सरकारले ईद अल अधा–२०२६ को अवसरमा १११ जना नेपाली कैदीबन्दीलाई शाही आममाफी प्रदान गरेकोमा हार्दिक आभार तथा प्रशंसा व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उक्त आममाफीलाई नेपाल–युएईबीचको घनिष्ठ मित्रता, आपसी सद्भाव तथा सुदृढ बन्दै गएको द्विपक्षीय सम्बन्धको महत्वपूर्ण उदाहरणका रूपमा लिइएको जनाएको छ।
