SHARE
पर्दाफास · मङगलबार २३ असार २०८३ ०७:४६ AM · 1 मिनेट पढाइ

घरजग्गा कारोबार : बागमती प्रदेशमा बढ्यो, मधेसमा घट्यो

चालु आर्थिक वर्षको नौ महिनामा बागमती प्रदेशमा घरजग्गाको कारोबार ३३.०१ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकद्वारा सोमबार यहाँ जारी घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति प्रतिवेदनमा बागमती प्रदेशमा घरजग्गाको राजीनामा कारोबारमा वृद्धि भएको जनाएको छ । राष्ट्र बैंकका अनुसार सोही अवधिमा मधेस प्रदेशमा भने ४.७९ प्रतिशतले घरजग्गा कारोबार घटेको छ ।