दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा भएन, पहाडी क्षेत्रमा मनसुन सक्रिय
जल तथा मौसम विज्ञान विभागले मधेस र लुम्बिनी प्रदेशका केही भूभागमा अपेक्षाअनुसार वर्षा हुन नसकेको जनाएको छ। यद्यपि, देशका अधिकांश पहाडी क्षेत्रमा भने मनसुनी गतिविधि सक्रिय रहेको विभागको भनाइ छ। विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पूर्वानुमानअनुसार वर्षा हुन सकेको छैन। ‘हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
