पहिरोका कारण सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले जाजरकोट–डोल्पा सडक, रुकुम–घोराही सहिद मार्ग र भेरी करिडोर सडकखण्ड पूर्ण रूपमा बन्द भएका छन् । वर्षाका कारण पहिरो आउँदा जाजरकोट जिल्लाको नलगाढ नगरपालिका–८ मलुवास्थित जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा बन्द भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।
