SHARE
मकालु खबर · मङगलबार २३ असार २०८३ ०६:५४ AM · 1 मिनेट पढाइ

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा सुन तोलामा एक हजार ४०० र चाँदी  ३० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला  दुई लाख ८८ हजार त्यति नै परिमाणको सेतो धातुको मूल्य  चार हजार ५५५ कायम भएको छ ।