संविधान संशोधन बहसपत्र कार्यदल बहिस्कार गर्ने चार दलको चेतावनी
काठमाण्डु– संविधान संशोधनका नाममा सरकारले संविधान पुनर्लेखनको प्रयास गरेको आरोप लगाउँदै चार राजनीतिक दलले सरकारद्वारा गठित बहसपत्र कार्यदल बहिष्कार गर्ने चेतावनी दिएका छन् । कार्यदल संयोजक एवं प्रधनमन्त्रीका सल्लाहकार अशिम साहलाई एक पत्र बुझाउँदै ती दलले सरकारले संविधानको मर्म, जनादेश र आफ्नो संवैधानिक सीमासमेत नाघेर संविधान संशोधनको प्रक्रिया अघि बढाएको आरोप लगाएका छन् ।
