SHARE
लोक पथ · मङगलबार २३ असार २०८३ ०५:३६ AM · 1 मिनेट पढाइ

एसईईको पुरक परीक्षामा १६ जनाले ३.६० देखि ४.०० जीपीए पाए, ७ जनाको परीक्षा रद्ध

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ६४.६९ प्रतिशत उत्तीर्ण भएका छन् । ग्रेडवृद्धि परीक्षामा १ लाख २९ हजार ११४ जना विद्यार्थी सहभागी भएकोमा ८३ हजार ५२३ जना उत्तीर्ण भएको परीक्षा बोर्डले जनाएको छ ।