हामीले खोजेको राहत होइन, राज्यले भत्काएको बास हो: सुकुम्बासी
काठमाडौँ । कीर्तिपुरस्थित रायस्वामी सतरंग होल्डिङ सेन्टरमा बसोबास गरिरहेका सुकुम्बासी परिवारहरूले सरकारद्वारा मागिएको राहत निवेदन नभर्ने बताएका छन् । उनीहरूले राहतभन्दा सम्मानजनक र दीर्घकालीन पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । विज्ञप्तिअनुसार होल्डिङ सेन्टरमा रहेका करिब आधा परिवारले राहतसम्बन्धी निवेदन बुझाइसकेका छन् भने आधा समूह परवारले निवेदन नर्भने अडान राखेका छन् ।
