राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित
भोजपुर । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत जिल्लामा सञ्चालन गरिएका विभिन्न अनुदानमुखी कार्यक्रमहरूले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न भूमिका खेलेको छ । सुन्तला, अलैँची तथा तरकारी खेती विस्तारका लागि प्रदान गरिएको अनुदान र प्राविधिक सहयोगले कृषिमा लाग्न किसानलाई थप हौसला मिलेको हो ।
