सुनको मूल्यमा लगातार गिरावट, कतिमा हुँदैछ आज कारोबार ?
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घट्ने क्रम मंगलबार पनि जारी रहेको छ । हिजो (सोमबार) झैँ आज पनि सुनको भाउ ओरालो लाग्ने क्रममा छापावाल सुन प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
