SHARE
कालिका खबर · मङगलबार २३ असार २०८३ ०४:१९ AM · 1 मिनेट पढाइ

टेरामक्स प्रकरणमा कांग्रेस नेता बस्नेतलाई सफाई

काठमाडौं : विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झासहित तीन जनालाई दोषी ठहर गरेको छ। न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले आज प्राधिकरणका तत्कालीन अध्यक्ष झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्। दोषी ठहर भएका प्राधिकरणका तत्कालीन अध्यक्ष झासहित तीनै जनालाई ६ महिना कैद र ५० हजार दरले जरिबाना ठहर भएको छ। झाको हकमा थप ६ महिना कैद हुने समेत अदालतले ठहर गरेको छ।