SHARE
पर्दाफास · मङगलबार २३ असार २०८३ ०४:२२ AM · 1 मिनेट पढाइ

आज कुन-कुन सडक अवरुद्ध छन् ?

देशका विभिन्न राजमार्ग तथा सडक खण्डहरू बाढी, पहिरो र मर्मत कार्यका कारण अवरुद्ध भएका छन्। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका मुख्य सडकहरू प्रभावित हुँदा यातायात सञ्चालनमा समस्या आएको छ। कोशी प्रदेशअन्तर्गत भोजपुरको भोजपुर नगरपालिका ५, बोखिममा मध्य पहाडी लोकमार्ग गत वैशाख १२ गतेदेखि बाढीका कारण प्रभावित छ।