एनपीएल अक्सनमै महँगा खेलाडी बने आसिफ शेख
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेख नेपाल प्रिमियर लिग (एनपीएल) अक्सनमा बिक्ने इतिहासकै सबैभन्दा महँगा खेलाडी भएका छन् । सोमबार सम्पन्न अक्सनमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सले २० लाख नेपाली रुपैयामा आसिफलाई आफ्नो टोलीमा भित्र्याएको हो । टिमहरुको मार्की खेलाडीको मूल्य २० लाख रहेपनि अक्सनमा खेलाडीको मूल्य यती पुगेको पहिलो पटक हो ।
