सम्पत्ति शुद्धीकरण विभागले देउवा पुत्र जयवीरको नाममा काट्यो सातदिने पुर्जी
काठमाडौं । । सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई ७ दिने पुर्जी काटेको छ । विभागले सम्पत्ति शुद्धीकरण जाँचबुझका क्रममा केही बुझ्नु पर्ने बुढानिलकण्ठस्थित भत्काइएको घरमा पुर्जी टाँसेको हो । विभागले जयवीरका बुबा शेरबहादुर र आमा आरजु राणा देउवालाई यसअघि नै बोलाइसकेको छ ।
