आजको मौसम : पहाडी र तराई भूभागमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ । कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बादल, साथै गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भूभागमा पनि साधारणतया बादल लागेको छ।
