SHARE
पर्दाफास · मङगलबार २३ असार २०८३ ०१:३१ AM · 1 मिनेट पढाइ

विश्वकपबाट पोर्चुगल बाहिरियो, रोनाल्डोको विश्वकप यात्रा समाप्त

फिफा विश्वकप २०२६ अन्तर्गत भएको खेलमा स्पेनले पोर्चुगललाई पराजित गरेको छ ।  मंगलबार बिहान भएको खेलमा पोर्चुगललाई १–० ले पराजित गर्दै स्पेनले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । यस ऐतिहासिक जितसँगै स्पेन १६ वर्षपछि विश्वकपको अन्तिम आठमा पुग्न सफल भएको छ भने उपाधि दाबेदार पोर्चुगलको यात्रा नकआउट चरणमै टुङ्गिएको छ।