SHARE
पर्दाफास · मङगलबार २३ असार २०८३ ०१:४४ AM · 1 मिनेट पढाइ

बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्तिस्वरुप ५२ करोड उपलब्ध गराउने तयारी

बर्डफ्लुबाट प्रभावित किसानलाई एक साताभित्र करिब ५२ करोड रुपैयाँ राहत उपलब्ध गराइने भएको छ। पशुसेवा विभागले रोग नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको क्षतिपूर्तिस्वरूप ११ जिल्लाका किसानलाई उक्त रकम वितरण गर्ने तयारी गरेको हो।