SHARE
कालिका खबर · बिहीबार ५ भौ २०८२ ०३:३० AM · 1 मिनेट पढाइ

दिगोपनामा नबिल बैंकको योगदान, युरोमनी अवार्डद्वारा सम्मान

काठमाडौं । नबिल बैंकले ‘युरो मनी अवार्ड फर एक्सिलेन्स २०२५: बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ प्राप्त गरेको छ । युरो मनी म्यागजिनले प्रत्येक वर्ष प्रदान गर्ने यो अवार्ड बैंकिङ क्षेत्रको प्रतिष्ठित अन्तर्राष्ट्रिय मानिन्छ । नबिल बैंकलाई यो अवार्ड दिगो बैंकिङमा सञ्चालन गरिएका कार्यक्रमहरूको मूल्याङ्कनका आधारमा प्रदान गरिएको हो । बैंकले ग्राहकमैत्री सेवा, प्रविधिको प्रभावकारी प्रयोग र दिगोपनामा देखाएको प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय स्तरमा उच्च प्रशंसा गरिएको छ ।