SHARE
पर्दाफास · सोमबार २२ असार २०८३ ०४:३६ PM · 1 मिनेट पढाइ

सप्तरीको भेटेरिनरी अस्पतालका प्रमुख र सवारी चालक घुससहित पक्राउ

सप्तरीको राजविराजस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दास र सवारी चालक भोगेन्द्र यादवलाई घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। अख्तियारका अनुसार भ्याक्सिनेटरहरूले सेवा उपलब्ध गराएबापत पाउनुपर्ने भुक्तानी रकमबाट २० प्रतिशत कमिसन मागेको उजुरीका आधारमा इटहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको  हो।