SHARE
मकालु खबर · सोमबार २२ असार २०८३ ०४:११ PM · 1 मिनेट पढाइ

एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण सम्झौता

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकार र एडीबीबीच दुईवटा छुट्टाछुट्टै सहुलियतपूर्ण ऋण सम्झौतामा औपचारिक हस्ताक्षर भएको हो ।