SHARE
मकालु खबर · सोमबार २२ असार २०८३ ०३:११ PM · 1 मिनेट पढाइ

घुसखोरी गरेको अभियोगमा पूर्व चिनियाँ अधिकारीलाई मृत्युदण्ड

काठमाडौं । पूर्वी चीनको जियाङ्सु प्रान्तको नान्जिङ विकास क्षेत्र प्रशासनिक समितिका पूर्व कार्यकारी उपनिर्देशक याङ योउलिन लाई घुसखोरी गरेको अभियोगमा सोमबार मृत्युदण्डको फैसला सुनाइएको छ । जियाङ्सुको चाङझाउ शहरको मध्यवर्ती जन अदालतले याङलाई आजीवनका लागि राजनीति अयोग्य रहने गरी अधिकार खोस्ने र उनको सम्पत्ति जफत गर्ने पनि आदेश दिएको छ ।