नाइमा अटो शो २०२६ को तयारी तीव्र, ५३ ब्रान्डको सहभागिता रहने
काठमाडौँ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गर्न लागेको नाडा अटो शो २०२६ को तयारी तीव्र पारिएको छ। यस वर्षको अटो शोलाई अघिल्ला संस्करणभन्दा थप समावेशी, प्रविधिमैत्री र ग्राहकमैत्री बनाउने लक्ष्यका साथ आयोजकले विभिन्न तयारीलाई अन्तिम चरणमा पुर्याइरहेको जनाएको छ। नाइमाका अध्यक्ष ऋतुसिंह वैद्यले अटोमोबाइल क्षेत्रप्रति व्यवसायीहरूको आकर्षण निरन्तर बढ्दै गएको बताउँदै हाल एसोसिएसनमा थप २६ कम्पनी सदस्यका रूपमा आबद्ध भएको जानकारी दिए। उनका अनुसार नयाँ सदस्यहरूको सहभागिताले नेपालको अटोमोबाइल उद्योगको विस्तार, प्रतिस्पर्धा र लगानीको वातावरण थप सुदृढ हुँदै गएको संकेत गरेको छ।
