SHARE
मकालु खबर · सोमबार २२ असार २०८३ ०१:४१ PM · 1 मिनेट पढाइ

तीजमा आउँदै ‘बेहुली’, पारस-दिव्याको रोमान्टिक पोस्टर सार्वजनिक

काठमाडौँ । आगामी हरितालिका तीजको अवसर पारेर चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा आउने भएको छ। ‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको यो बहुप्रतीक्षित चलचित्रको काठमाडौंमा एक विशेष समारोहबीच औपचारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको हो । सार्वजनिक पोस्टरले निकै गहिरो र विद्रोही प्रेमकथाको झल्को दिन्छ ।