SHARE
पर्दाफास · सोमबार २२ असार २०८३ ०१:२० PM · 1 मिनेट पढाइ

मल वितरणमा सरकारी संयन्त्र चुस्त, १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति

यसवर्ष मनसुन सक्रिय भएसँगै देशभर धान रोपाइँ सुरु भएको छ । रोपाइँकै यो अभियानका बीच विगतका वर्षहरूमा जस्तो यसपटक किसानले रासायनिक मलको अभाव भने झेल्नुपरेको छैन । असारको सुरुआती १९ दिनमै साढे ४० हजार मेट्रिकटनभन्दा बढी रासायनिक मलको सहज बिक्री–वितरण भइसकेको छ ।