SHARE
पर्दाफास · सोमबार २२ असार २०८३ ११:३५ AM · 1 मिनेट पढाइ

रास्वपासँग निकटताबारे प्रश्न गर्नेलाई बाबुरामको जवाफ- ‘म विकास र समृद्धिकै खोजीमा छु’

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको आर्थिक विकास र समृद्धिका लागि पुरानो पुस्ताले आफ्नो ज्ञान, अनुभव र सीप नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको विज्ञान तथा प्रविधिमा आधारित ज्ञानलाई जोडेर मुलुकको स्रोत–साधन उपयोग गर्नुपर्नेमा जोड दिए ।