SHARE
पर्दाफास · सोमबार २२ असार २०८३ ११:५८ AM · 1 मिनेट पढाइ

१५ औँ महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, पार्टी एकता र आगामी कार्यदिशाबारे छलफल

नेपाली काँग्रेसको संस्थापन इतर पक्षले १५ औँ महाधिवेशनको तयारीका लागि काठमाडौंको महाराजगञ्जस्थित चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेको छ । १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिका सदस्यहरूको सक्रियतामा सोमवार कार्यालयको उद्घाटनसँगै औपचारिक बैठक समेत प्रारम्भ भएको हो ।