SHARE
पर्दाफास · सोमबार २२ असार २०८३ १०:५९ AM · 1 मिनेट पढाइ

एडीबी अध्यक्ष मासातो कान्डा काठमाडौंमा, नेपालको विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता

एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डा औपचारिक भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन् । उनले आफ्नो आगमनबारे सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिएका हुन् । नेपाल आइपुगेपछि उनले एडीबीले नेपालको विकास, रूपान्तरण तथा दीर्घकालीन आर्थिक वृद्धिमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएका छन् ।