अब रगतको होइन, पसिनाको क्रान्ति आवश्यक छ : हर्क साम्पाङ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संविधानका आधारभूत संरचना संघीयता, समावेशिता र धर्मनिरपेक्षतामा कुनै पनि प्रकारको हस्तक्षेप नगर्न सरकारलाई चेतावनी दिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले संविधान संशोधनको बहस चलिरहेका बेला यी आधारभूत स्तम्भहरूमा फेरबदल गरिए मुलुक गम्भीर संकटतर्फ जान सक्ने बताएका हुन् ।
