चुनदेवीमा कांग्रेस इतर पक्षले खोल्यो सम्पर्क कार्यालय, पूर्णबहादुर खड्काले गरे उद्घाटन
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेको छ । सोमबार आयोजित कार्यक्रममा पार्टीका नेता पूर्णबहादुर खड्काले सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटनपछि सोही स्थानमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूको बैठक पनि बसेको थियो ।
