गृहमन्त्री सुदन गुरुङ झापामा, सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रको अनुगमन
झापा । गृहमन्त्री सुदन गुरुङ सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका समस्या बुझ्ने तथा जंगली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन गर्ने उद्देश्यले झापाको भ्रमणमा रहेका छन् । आइतबार राति झापा पुगेका गृहमन्त्री गुरुङले सोमबार अर्जुनधारा नगरपालिका–११ स्थित सालबारी हेरिटेज भिल्लामा जिल्लास्थित सुरक्षा समितिका पदाधिकारीसँग छलफल गरेका छन् ।
