SHARE
पर्दाफास · सोमबार २२ असार २०८३ ०९:४६ AM · 1 मिनेट पढाइ

जनतालाई मूर्ख बनाउँदा दलहरुले आफैँ मूर्ख बनेको भेउ नै पाएनन् : चन्द्रकान्त भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्रकान्त भण्डारीले राजनीतिक दलहरूले जात, भूगोल, संघीयता लगायतका विषयमा जनतालाई भ्रममा पार्दा पार्दै आफैं पनि अलमलिएको टिप्पणी गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले प्राकृतिक स्रोतको उपयोग र विकास निर्माणमा प्रभावकारी नीति नहुँदा नागरिकले अपेक्षित लाभ नपाएको बताए ।